प्रचण्ड–माधव समूहले गुरुङ र पोखरेललाई इन्चार्जबाट हटायो यी हुन् नयाँ इन्चार्जको जिम्मेवारी पाउने नेता

काठमाडौं – प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले लुम्बिनी र गण्डकी प्रदेशमा नयाँ इन्चार्ज तोकेको छ । आज पेरिसडाँडामा बसेको नेकपा स्थायी कमिटी बैठकले ती दुई प्रदेशमा नयाँ इन्चार्ज तोकेको हो ।

लुम्बिनी प्रदेशको इन्चार्ज रहेका शंकर पोखरेललाई हटाएर युवराज ज्ञवालीलाई जिम्मेवारी दिइएको छ भने गण्डकी प्रदेशको इन्चार्ज रहेका पृथ्वी सुब्बा गुरूङलाई हटाएर देवेन्द्र पौडेललाई जिम्मेवारी दिइएको छ ।

प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने यो समूहकै नेता इन्चार्ज छन् । ओली समूहले पनि प्रचण्ड– माधव समूहमा रहेका इन्चार्जहरुलाई हटाएर नयाँ जिम्मेवारी दिइसकेको छ ।

सोमबारको स्थायी कमिटी बैठकको अध्यक्षता माधवकुमार नेपालले गरेका थिए ।

यो बैठकले नेताहरुको जिम्मेवारी टुंग्याउन माधव नेपालको संयोजकत्वमा कार्यदल पनि बनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्