जनताले काठ दाउरा पाउनुपर्ने माग राख्दै वन कार्यालयमा तालाबन्दी, अन्याय सहदैनौँ : अध्यक्ष महरा

काठमाडाैँ – जनताले काठ दाउरा पाउनुपर्ने माग राख्दै कञ्चनपुरको कञ्चनपुरको शुक्लाफाँटा सब डिभिजन वन कार्यालय कलुवापुरमा तालाबन्दी गरेको छ । आइतबार तीन सामुदायिक वनका अध्यक्षहरुले तालाबन्दी गरेको हुन् । वन जंगलमा प्रशस्त मात्रामा दाउरा हुदाहुदैँ पनि पछिल्लो समय स्थानीयहरुको चुलो समेत निभ्ने अवस्था रहेको र चाडवाड, ब्रतबन्ध, विवाह तथा अन्तेष्टि समेतका लागि दाउराको समस्या भएको भन्दै तालाबन्दी गरिएको बैजनाथ सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष बहादुर महराले बताउनुभयो ।
जनतालाई आतंकित पार्ने ढंगले बन क्षेत्रमा काठ दाउरामा लगाइएको बन्देज खुला हुनु पर्ने माग राख्दै आइरहेका छन् । वन क्षेत्रमा लगाइएको बन्देज फुकुवा गर्नका लागि पटक–पटक गरेको शान्तिपूर्ण आन्दोलनलाई वेवास्ता गरेका कारण आइतबारदेखि अनिश्चितकालका लागि तालाबन्दी गरेको अध्यक्ष महराले बताउनुभयो ।
नेपाल सरकार, मन्त्रिपरिषद्को २०७७ साल जेठ १५ गतेको निर्णयले नेपालभरका वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना लागु भएका र वैज्ञानिक वन व्यवस्थापन लागु नभएका लगायत सम्पूर्ण वन क्षेत्रमा अन्याय पूर्ण तरिकाले काठ दाउरा संकलन ओसार पोसार र विक्रि वितरणमा पूर्ण रुपमा प्रतिबन्द लगाइएको भन्दै घोर भर्सना समेत गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्