आजको मौसम समान्यतया बदली देखि पानी र हिमपातको सम्भावना

काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी वायुको प्रभाव रहेकाले हाल देशको पहाडी भूभागमा मौसम सामान्यतया सफा रहेको र तराईका केहि स्थानमा हुसु र कुहिरो लागेको जनाएको छ ।

यसैगरी महाशाखाले आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागमा आंशिक बदली रहने जनाएको छ ।
त्यस्तै, आज दिउँसो सुदूरपश्चिम प्रदेश तथा कर्णालीका उच्च हिमाली भूभागमा हल्का हिमपात तथा सुदुर पश्चिम र कर्णाली प्रदेशका एकरदुई स्थानमा हल्का बर्षाको समेत सम्भावना रहेको महाशाखाले पूर्वानुमानमा उल्लेख गरेको छ ।

यस्तै, राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्