नेपालको राजनीतिक घटनाक्रमबारे छलफल गर्न दिल्ली उडे भारतीय राजदूत, चिनियाँ नेता पनि आइतबार नेपाल आउँदै

नेपालमा राजनीति घटनाक्रम तीव्र रुपमा विकास भइरहेका बेला नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा परामर्शमा लागि दिल्ली उडेका छन्। विमानस्थलस्थित सुरक्षा स्रोतका अनुसार राजदूत क्वात्रा शनिबार बिहान साढे ११ बजेको नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिल्ली प्रस्थान गरेका हुन्। पछिल्लो १५ दिनको अवधिमा राजदूत क्वात्रा दोस्रो पटक दिल्ली उडेका हुन्।

दुई साताअघि मात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य उच्च सरकारी अधिकारी, नेपालका लागि पूर्व भारतीय राजदूतहरु, थिंक ट्याङकका प्रतिनिधिबीच नेपालको विषयमा छलफलमा सहभागी हुन क्वात्रा दिल्ली गएका थिए। राजदूत क्वात्राको दिल्ली प्रस्थानका विषयमा भारतीय दूतावासले केही बताउन चाहेन। भारतले नेपालमा विकसित भएको घटनाक्रमलाई आन्तरिक मामिला भएको जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर नयाँ जनादेशमा जाने घोषणा गरेसँगै छिमेकी देशहरुको चासो बढेको छ। सत्तारुढ दल नेकपा देखिएको विवादका कारण विभाजित हुन पुगेको छ।

नेपालमा विकसित भएको पछिल्लो घटनाक्रमको बारेमा जानकारी लिन चिनियाँ कम्युनिष्ट पार्टीका एक नेता आइतबार नेपाल आउँदैछन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्