सहुलियतको खोपले हानि गरे कम्पनीलाई मुद्दा हाल्न नपाइने

कोभ्याक्स सुविधाअन्तरगत कोभिड–१९ विरुद्धको खोप प्राप्त गर्न उत्पादक कम्पनीलाई मुद्दा हाल्न नपाइने प्रत्याभूति दिनुपर्ने भएको छ खोप लगाउने व्यक्तिलाई कुनै हानि–नोक्सानी भए त्यसको जिम्मेवार नहुने गरी उत्पादक कम्पनीले सुरक्षा प्रत्याभूति खोजेको सरकारी अधिकारीले जनाएका छन् ।

कोभिड खोप सल्लाहकार समितिका संयोजक तथा बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक डा। श्यामराज उप्रेतीले कोभ्याक्सबाट खोप प्राप्त गर्ने सबै १ सय ८९ राष्ट्रले नै आगामी जनवरी ८ तारिखसम्म यस्तो प्रत्याभूति पठाइसक्नुपर्ने बताए । व्यक्तिले खोप लगाएपछि देखिन सक्ने कुनै पनि असामान्य दुष्प्रभावका लागि उत्पादकलाई दोष दिन नपाइने प्रक्रिया सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयले तयारी गर्दैछ ।

‘हामीले कोभ्यासबाट खोप पाउनका लागि उत्पादकलाई मुद्दा नहाल्ने सुरक्षा प्रत्याभूति पठाउनुपर्छ,’ राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष प्रा।डा। रमेशकान्त अधिकारीले भने, ‘देशको २० प्रतिशत जनसंख्याका लागि १.६ डलरदेखि २ डलरसम्मको सहुलियत मूल्यमा कोभ्याक्स सुविधाअन्तरगत कोभिडको खोप उपलब्ध हुने भनिएको छ ।’

कोभ्याक्सले नेपाललगात अन्य मुलुकलाई कुन खोप दिनेबारे अझै टुंगो लागेको छैन ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्