सरकार विरूद्ध नेपाली कांग्रेसको दार्चुलामा प्रदर्शन

गणेशसिँह धामी, दार्चुला ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार विरूद्ध प्रदर्शन गरिरहेका बेला सोमबार दार्चुलामा पनि सरकार बिरोधी प्रदर्शन गरेको छ । सरकार सर्वसत्तावादको अभ्यासमा लागेको भन्दै कांग्रेसले प्रदर्शन गरिरहेको हो ।
आज खलंगा बजार देखि बङ्गाबगड बसपार्क परिक्रमा गरि ओली सरकार विरुद्ध नाराबाजी गरेका थिए भने खलंगाको खुला मन्चमा कार्यक्रम कोणसभामा परिणत भएको थियो । कार्यक्रममा नेपाली कांग्रेस, दार्चुलाका पार्टी सभापति ललितसिंह बोहराले कार्यक्रमलाई सम्बोधन गरेका थिए त्यसै गरि नेपाली कांग्रेस दार्चुलाका जिला सचिब हरक बिष्टले ओली सरकार भ्रस्टाचार र बलात्कार हरुको संरक्षण गर्ने र कालो बजारी मौलाएको भन्दै अब नेपाली कांग्रेस चुप लागेर नबस्ने बताए ।
तनहुँमा पुल उद्घाटन गर्न पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई अवरोध गरेपछि आक्रोशित बनेको कांग्रेस सडकमा उत्रिएको नेपाली काग्रेश दार्चुलाका सचिव हरक बिष्टले बताए । देशमा भ्रष्टाचार बढेको, प्रधानमन्त्री स्वयं भ्रष्टाचारीको संरक्षणमा लागिपरेको, कोरोना नियन्त्रण र न्यूनीकरणमा बेवास्ता गरी नागरिकको स्वास्थ्यमाथि खेलबाड गरेकोले बाध्य भएर प्रदर्शन गर्नुपरेको उनको भनाई छ ।
कार्यक्रममा मालिकार्जुन गाँउपालिकाका अध्यक्ष नरेन्द्र सिंह धामीले ओली सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको र तानाशाही शैलीमा प्रस्तुत भैरहेको बताए । बरिष्ठ नेता पौडेल लाई पुल उद्घाटन गर्न जादा प्रहरी परिचालन गरि गुन्डागर्दी शैलीमा गिरफ्तार गर्नु लोकतान्त्रिक विरुद्धको उपहास भएको उनलेे बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्