रगतको चरम अभाव

काठमाडौँ । नेपालमा रगत व्यवस्थापनको जिम्मा पाएको नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार केन्द्रले सामान्य अवस्थामा शनिबार मात्र चार सय युनिट रगत सङ्कलन गर्ने गर्दथ्यो । शनिबार प्रायः १०/१२ स्थानमा रक्तदान कार्यक्रम आयोजना हुन्थे । एउटै स्थानबाट ५० युनिटभन्दा धेरै रक्तदान गर्ने स्वयंसेवी हुन्थे । आज [शनिबार] काठमाडौंँ उपत्यकामा जम्मा दुई स्थानमा मात्र रक्तदान गरियो । एक स्थानबाट २५ युनिट र अर्कोबाट ३१ युनिट गरी जम्मा ५६ युनिट रगत सङ्कलन भयो । यसले नेपालमा यतिबेला रगतको चरम अभाव छ भनेर पछिल्लो पुष्टि हो ।

सोसाइटीको केन्द्रीय रक्तसञ्चार केन्द्रका निर्देशक डा। मनिता राजकर्णिकारले रगतको चरम अभाव भएको जानकारी दिए । उनका अनुसार अभावबीच स्वयंसेवी रक्तदाताले गरेको रक्तदानले गर्दा बिरामीले रगत नपाएको अवस्था भने छैन । अहिले काठमाडौँका मुख्य–मुख्य अस्पतालले ब्लड बैङ्कको व्यवस्था गरेर आफ्ना अस्पतालका बिरामीलाई सहज रूपमा रगत उपलब्ध गराएका कारण रगतको अभाव पूर्ति गर्न सहज भएको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले लेखेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्