दार्चुलाको भर्तोलामा ट्रक दुर्घटना, तीन जनाको घटनास्थलमै मृत्यु

दार्चुला – दार्चुलामा ट्रक दुर्घटनामा हुदा तीन जनाको मृत्युु भएको छ ।
आईतवार रातीको समयमा उक्त दुर्घटना भएको हो
शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वर बाट दार्चुला सदरमुकाम खलंगा तर्फ जादै गरेको ना ३ ख ३४८५ नम्बरको खाली ट्रक मालिकार्जुन गाउँपालिका वडा नम्बर १ भर्तोलामा दुर्घटनामा परेको हो ।
मृत्यु हुनेमा बैतडीका न्वाली घर भएका चालक २४ वर्षीय शेर सिह कार्कीको परीचय खुलेको छ, भने बाकि दुई जनाको परिचय खुल्न बाहि रहेको छ ।
ट्रक सडकबाट झण्डै १ सय २० मिटर तल खसेको थियो । मृतकको सनाखत भईरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्