नारायणगढ–दाउन्ने सडकखण्ड जीर्ण यात्रुलाई सास्ती

पूर्वपश्चिम राजमार्ग अन्र्तगत जीर्ण बनेको नारायणगढ–दाउन्ने सडकखण्ड मर्मतसंभार हुन नसक्दा यात्रुले सास्ति भोग्नु परेको गुनासो गरेका छन् । असोज पहिलो साता आएको अविरल वर्षापछि जीर्ण बनेको यो खण्डको विभिन्न स्थानमा सडक खाडल परेको छ भने पिच भत्कदा सडक धुलाम्य भएको छ । यो खण्डको दाउन्ने डाँडा क्षेत्रमा असोज पहिलो साता पहिरो जादाँ सवारी सञ्चालनमा समेत केही दिन समस्या भएको थियो । पहिरो हटाएर सडक सञ्चालन भएको भएपनि त्यो सडकखण्ड मर्मतमा सम्बन्धित पक्षले कुनै चासो दिएका छैनन् ।

सडक धुलाम्य हँुदा सो खण्ड भएर यात्रा गर्ने हजारौं यात्रुहरुले निकै सास्ती खेप्न बाध्य छन् । कहिलेकाही सडकमा धुलो कम गर्न पानी हाल्ने गरिएको भए पनि सो पानीको कारण सडकको लिक झन गडेको छ । विनयी त्रिवेणी गाउँपालिकाको ह्वङ्सी सिमेण्ट गेट नजिकै लामो समयदेखि सडक बिग्रिएपनि त्यसको मर्मतमा कुनैपक्षले चासो दिएको छैन् । मध्यविन्दु नगरपालिकाको अरुणखोला बजारमा सडकमा ठूल्ठूला खाडल परेको छ । दैनिक रुपमा धूलो कम गर्न पानी हाल्दा यात्रुहरु हिलाम्ये बन्ने , चिप्लिएर लड्ने गरेका छन् । अरुणखोला चोरमारा सडक खण्डको जंगल क्षेत्रको बिभिन्न स्थानमा सडकको पिच भत्किएको छ ।

चौंरङ्गी र गिरुवारी खोला पुल छेउ सडकमा परको खाडलको कारण दुर्घटनाको जोखिम उच्च रहेको यात्रुको गुनासो छ । एक यात्रु श्याम भण्डारी भन्नुहुन्छ – ‘नवलपुर क्षेत्रको अधिकाशं राजमार्गको अवस्था खराब छ । कामले हिड्न पनि त्रास हुने ’ उहाँले थप्नुभयो ‘दाउन्ने क्षेत्र पुरै भत्किएको छ । ठाउठाउमा खाल्डैखाल्डा छन समय पनि बढि लाग्छ । साना सवारी चलाउने हामीलाई जोगिएर हिड्न पनि गाह्रो ’ । यस्तै चोरमारा शिवालय मन्दिर उकालो भएर यात्रा गर्ने यात्रुहरुले दैनिक रुपमा धूलोको कारण सास्ती खेप्ने गरेका छन् । धूलोको कारण सडक नदेखिने जसले गर्दा साना सवारीले सडक र अगि पछिका नदेख्दा दुर्घटनाको जोखिम बढेको मध्यविन्दुका दूर्गा भुर्तेलले बताउनुभयो ।

कावासोतीको त्रिनेत्र पेट्रोल पम्प, सभापति चोक र फलफूल चोकमा सडक भत्किएको छ । देवचुली नगरपालिका क्षेत्रमा सडकमा खाडल परेको छ । पूर्वपश्चिम राजमार्ग बिस्तारको लागि गैंडाकोट नगरपालिको बिभिन्न क्षेत्रमा डाईभर्सन निर्माण गरिएको छ । सो क्षेत्रमा धूलो कम गर्न पानी हालिएको कारण सडक हिलाम्ये भएको कारण दुईपांग्रे सवारीमा यात्रा गर्ने यात्रुहरुले सास्ती खेप्न बाध्य भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्