नेपाल मास्कमा आत्मनिर्भर तर आयात रोकिएन, नेपालले दैनिक २५ लाखसम्म मास्क उत्पादन गर्न सक्ने

काठमाडौं- मास्क उत्पादनमा नेपाल आत्मनिर्भर भएको मास्क उद्योगीहरुले बताउनुभएको छ । लकडाउनपछि नेपालमा समेत मास्कको चरम अभाव देखिएकोमा सात महिनाकै समयमा नेपाली व्यापारीहरुको लगनशीलताकै कारण नेपाल मास्कमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको हो । सामान्य प्रयोगदेखि मेडिकल प्रयोगमा आवश्यक पर्ने मास्कमा नेपाल आत्मनिर्भरता उन्मुख बनेको प्रस्तावित नेपाल माक्स उत्पादक संघका संयोजक रमन कायस्थले बताउनुभयो ।

नेपालमा दैनिक हजारौको संख्यामा मास्क उत्पादन गर्न सक्ने उद्योगहरु ४३ वटाभन्दा धेरै छन् भने साना तथा मझौला उद्योगहरुको संख्या एक सयभन्दा धेरै छ । कायस्थका अनुसार राम्रोसँग माग भएमा नेपालले दैनिक २५ लाखसम्म मास्क उत्पादन गर्न सक्ने र नेपाली बजारको मास्कले राम्रोसँग धान्ने उहाँ बताउनुहुन्छ । नेपालमा आवश्यक रहेको मास्क नेपाली उद्योगहरुले धान्न सक्ने र नेपालमा मास्क आत्मनिर्भरताको बाटोमा हिडेकाले नेपाल सरकारले समेत नेपाली उद्योगीहरुलाई सहज हुने वातावरण तय गर्नुपर्ने उहाँले बताउनुभयो ।

‘नेपालमै सहज रुपमा माक्सको उत्पादन भैरहेको छ तर पनि नेपालमा चीन र भारतवाट मास्कआयात भैरहेको छ ’ कायस्थले भन्नुभयो, सरकारले यस्ता कुरामा ध्यान दिनुपर्छ । नेपालमा करोडौं रुपियाँ माक्स उद्योगमा लगानी भैसकेको कायस्थले भन्नुभयो । नेपालभरीका अस्पताललाई आवश्यक पर्ने मास्कसमेत आफूहरुले उत्पादन गर्न सक्ने भएकाले सरकारले सहयोग गरेमा व्यवसायीहरुले थप लगानी समेत गर्न तयार रहेको उहाँले स्पष्ट पार्नुभयो ।

मास्क उद्योगीको ऐतिहासिक क्षण
नेपाल सरकारले चीन सरकारलाई दुई लाख थान माक्स उपहार दिने तयारीमा थियो । चिनियाँ दुताबासका कर्मचारी काठमाडौंका फार्मेसीहरुमा रहेको माक्सको खोजिमा थिए । त्यतीबेला चिनमा कोरोनाले निक्कै आक्रान्त पारेको थियो । नेपाल सरकारले चीन सरकारलाई मास्क दिने निर्णय गरेसँगै उद्योग मन्त्रालयका उच्चपदस्थ कर्मचारीहरुलाई दुई लाख मास्क खोज्न हम्मेहम्मे परेको थियो । त्यो समयमा साना तथा घरेलु कार्यालय काभ्रेका प्रमुख केशव पुडासैनीको समन्वयमा उद्योगी सुकदेव जोशीले झण्डै एक लाख थान मास्क नेपाल सरकारलाई उपलब्ध गराउनु भएको थियो । त्यस्तै आफ्नो व्यक्तिगत तर्फबाट १० हजार थान मास्क उपलब्ध गराउनुभएको थियो ।

चैत्रको दोस्रो साता काभ्रेपलाञ्चोक जिल्लाको साँगामा रहेको उद्योगबाट १० हजार थान मास्क चीन सरकारलाई उपलब्ध गराउँदा उद्योगी सुकदेव जोशी औधि खुसी भए । चीनबाट ल्याएको मेशिन, त्यहीबाट ल्याएको कच्चा पदार्थलाई नेपालमा बनाएर उपहार स्वरुप चिनीयाँ राजदूतलाई उहाँले हस्तान्तरण गर्दा चिनियाँ राजदूतले नेपालीको मन निक्कै दयालु र दानवीर रहेको बताउनु भएको उहाँ स्मरण गर्नुभयो ।
माक्सको कारणले काभ्रेका उद्योगीले नेपालमै नमूना भनेर सम्मानित हुनु भएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पुडासैनीले बताउनुभयो । उहाँको मास्क उद्योग नेपालमै नमूना रहेछ पुडासैनीले भन्नुभयो, दिनरात दुःख गरेर एक दिनमै नेपाल सरकारले दिने मास्क उहाँले उपलब्ध गराएर नेपालकै इज्जत जोगाउनु भएको हो ।

अत्यावश्यक सामाग्रीको उद्योग मोफसलमाहुँदा त्यसले मोफसलका जिल्लाहरुमा माक्सको अभाव नभएको जोशीले बताउनुभयो । माक्सको सटेज भएसँगै आफैले प्रशसनसँग समन्वय गरेर मास्क सबैलाई उपलब्ध गराउन सकेको उहाँले बताउनुभयो ।

-गोरखापत्र अनलाइनबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्