ट्रकले मोटरसाइकललाई ठक्कर दिदा प्रहरी हवल्दारको मृत्यु

पूर्व पश्चिम राजमार्ग अन्र्तगत पर्ने कञ्चनपुरको बेदकोट नगरपालिका ५ चम्फापुर नजिक ट्रकले ठक्कर दिदा मोटरसाईल सवार प्रहरी हवल्दार बर्ष ३६ का राम सिंह बिष्टको आज घटना स्थलमै मृत्यु भएको छ । महेन्द्रनगरबाट धनगढी तर्फ आउदै गरेको से १ प १४०६ नम्बरको ट्रकले विपरित दिशाबाट आउदै गरेको लु १२ प ५१५ नम्बरको मोटरसाईललाई ठक्कर दिदा प्रहरी हबल्दार बिष्टको मृत्यु भएको हो ।

प्रहरी हवल्दार बिष्ट भीमदत्त नगरपालिकाको झोलुङे अस्थायी प्रहरी चौकीमा कार्यरत रहेको बताईएको छ ।  मृतकको शवको मुचुल्का तयार गरी परिक्षणका लागि महाकाली अस्पताल महेन्द्रनगर लैजाने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताउनु भयो । ठक्कर दिने ट्रकका चालक गोदावरी नगरपालिका १ का बर्ष २८ का यज्ञराज भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । समाचार श्रोत : सेतिकाली अनलाईन

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्