बालिकामाथि यौन दुर्व्यवहारको अभियोगमा एक वृद्ध पक्राउ

काठमाडौँ । प्रहरीले बालिकामाथि यौन दुर्व्यवहारको अभियोगमा एक वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी तिरहुत गाउँपालिका–५ लोहजारा ७६ वर्षीय लक्ष्मी महतो रहेका छन् ।

महतो स्थानीय ७ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको उजुरी प्रहरीकोमा पुगेपछि उनलाई पक्राउ गरिएको डीएसपी नरेश सिंहले बताए ।

ती बालिकालाई घरमा बोलाएर दूधभात खान दिएर महतोले बलात्कारको प्रयास गरेको सिंहले जानकारी दिए । बालिका चिच्याउन थालेपछि स्थानीयले बालिकाको उद्धार गरेका छन् ।

पक्राउ परेका महतोलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्