गाउँमा बिद्युत नपुगेको भन्दै दार्चुलाको पनेबाजमा स्थानीयद्वारा सडक चक्काजाम

गणेश सिंह धामी /दार्चुला
लामो समय सम्म ठेकेदारले लापरबाही गरेपछि दार्चुलाको शैल्यशिखर नगरपालिका वडा न.६ पनेबाजमा मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिका का स्थानीय हरुले पहिलो दिन एक घण्टा आन्दोलन गरी सडक चक्काजाम र पनेबाज बजार समेत बन्द गरि शान्ती पुर्ण आन्दोलन गरेका थिए। स्थानीय हरुको हातमा बोकेको ब्यानर मा हाम्रो माग पूरा गर ,बिद्दुत जडानमा भेदभाव गर्न पाइदैन मेरो प्रश्न नेतालाई बिजुली कहिले जनता उज्यालो नेपाल भएन बिजुलि बाल्न पाएन, जस्ता ब्यानर ल्याइ सडक मा उत्रिएका थिए। बिगत तिन बर्स पहिले नै पोल गाड्ने काम गरेपनी धेरै जसो ठाउँमा लाईन बिस्तार गरेको छैन।
अझ धेरै ठाउँमा त ठेकेदारले लापरबाही गरि गाडेका पोल हरु समेत ढलिसकेका देख्न सकिन्छ।
ठेकेदारको र बिद्युत प्राधिकरण को लापरबाही का कारण गाउँमा बिजुली नबालेको भन्दै आन्दोलन गर्न बाध्य भएको आन्दोलन का संयोजक जगदीश सिंह धामीले उपहार लाई जानकारी दिएका छन । जिल्लाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाका स्थानीयहरुले यश अघी कार्तिक २४ गते लक्ष्मी पूजाको दिनसम्म विद्युत बाल्न नेपाल विद्यूत प्राधिकरण दार्चुला वितरण केन्द्रलाई २८ जनाको हस्ताक्षर निवेदन मार्फत अल्टिमेटम दिएका थिए।

चमेलिया विद्युत छेउमै हुँदा पनि हालसम्म विद्युत बाल्न नसक्नु विद्युत प्राधिकरण र ठेकेदारको चरम लापर्वाही भएको स्थानीय हरुले बताएका छन। तत्काल विद्युत बाल्ने काम नगरे आज एक घण्टा सडक चक्काजाम गर्ने र १५ गते चमेलिया बिद्युत पावर हाउसमै गएर आन्दोलन गर्ने नेपाल तरुण दल का नेता दिपेन्द्र सिंह धामी ले जानकारी दिए। अहिलेसम्म शैल्यशिखर नगरपालिकाको वडा नम्बर ६, ७ र ८ तथा मालिकार्जुन गाउँपालिकाको वडा नम्बर २, ३ र ९ मा पोल गाडिए पनि लाइन बिस्तार गरेको छैन ।
ठेकेदार र बिद्युत प्राधिकरण दार्चुला लाई बारम्बार आफुहरुले सम्पर्क गर्दा पनि अटेरी गरेको नेपाल स्वयंसेवक संघ युवा संगठन दार्चुला का अध्यक्ष बिक्रम सिंह धामीले बताए ।उहाँका अनुसार माग पूरा नभए १५ गते देखि चरम्बद्द आन्दोलन जारी राख्ने उपहार लाई जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्