उपप्राध्यापक नियुक्तिका विषयमा ‘नोट अफ डिसेन्ट’

गुल्मी – गुल्मीको रेसुङ्गा नगरपालिका तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसमा उपप्राध्यापक नियुक्तिका विषयमा विवाद देखिएको छ । क्याम्पसमा बेतलबी बिदामा रहेका उपप्रध्यापक कुञ्जरमणि गौतमलाई नियुक्त गर्ने विषयमा  सञ्चालक समितिका पदाधिकारीबीच विवाद देखिएको हो ।

पुनः नियुक्ति दिने विषयमा  प्रजातन्त्रवादी पदाधिकारीले निर्णय गरेपछि वामपन्थी पदाधिकारीले भने ‘नोट अफ डिसेन्ट’ लेखेको नेकपा रेसुङ्गा नगर कमिटी सचिवसमेत रहेका क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष धर्म विकले जानकारी दिए । क्याम्पसमा  कूल १० जना सञ्चालक समितिमा  छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्