नेपालमा कोरोनाबाट थप १९४६ जना संक्रमित

काठमाडौं– नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट थप १९४६ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा ८७५३ जनाको गरिएको पीसीआर परीक्षणमा १९४६ संक्रमित भएका हुन् । नेपालमा हालसम्म संक्रमित हुनेको संख्या २ लाख ८ हजार २ सय ९९ रहेको छ ।

नेपालमा आजसम्म पीसीआर परीक्षण गर्नेको संख्या १६ लाख २ हजार ६ सय ३ रहेको छ । अहिले ३६ हजार ४ सय ५२ जना आइसोलेसनमा छन् भने एक हजार ५७ जना क्वारेन्टाइनमा बसेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५०३ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १७०६३२ रहेको छ । नेपालमा निको हुनेको दर ८१.९ प्रतिशत रहेको छ ।

कोरोनाबाट थप १३ जनाको मृत्यु
देशभर पछिल्लो २४ घण्टामा १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२१५ पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.६ प्रतिशतको ज्यान गएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्