बलात्कारपछि हत्या गरिएकी सम्झनाको परिवारलाई तीन लाख दिने सरकारको निर्णय

काठमाण्डाै – बलात्कारपछि हत्या गरिएकी सम्झना विकको परिवारलाई तीन लाख रुपैयाँ आर्थिक सहायता दिने सरकारले निर्णय गरेको छ ।

साेमबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले सम्झना विककाे परिवारलाई तीन लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेकाे सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताउनुभयो ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पूर्ण पारिश्रमिक कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री अ‍ोलीको सम्पूर्ण पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

यस्तै उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीहरूको तलबको ५० प्रतिशत रकम पनि कोषमा जम्मा गर्ने निर्णय सरकारले गरेको छ । २०७७ कात्तिकदेखि चैतसम्मको तलब कोषमा जम्मा हुने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताउनुभयो ।

यसैगरी अन्तर्राष्ट्रिय सीमा नाका मङ्सिर ३० गतेसम्म बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ । यसअघि कात्तिक ३० सम्म सीमा नाका बन्द गर्ने निर्णय गरेको सरकारले सङ्क्रमणको दर बढ्दै गएकाले मङ्सिर ३० गतेसम्म कायम गरिएको उहाँले बताउनुभयो । तर नेपाल आउनैपर्नेहरूको हकमा सरकारले तोकेका ठाउँबाट प्रवेश गर्न पाइने छ ।

सबै सङ्घीय र प्रदेश कार्यालयहरूमा विद्युतीय सरकारी लेखा प्रणाली र सङ्घ र र प्रदेशका सबै कार्यालयहरू तथा पालिकामा सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली लागू गर्ने निर्णय पनि भएको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्