गन्नाबाट महेन्द्रनगरका लागि छुटेको बस बैतडीमा दुर्घटना, ९ जनाको मृत्यु, ३४ घाइते

FILE PHOTO

बैतडीको खोड्पेमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।

बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राती साढे १० बजेतिर दुर्घटनामा परेको हो ।

सडकबाट बस ६ सयमिटर जति तल खसको र मृतकहरुको सनाखत हुन बाँकी रहेको छ ।

मृतक ७ जना पुरुष र २ जना महिला रहेका छन् । दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते ७ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रहरी र स्थानीय मिलेर राती नै घटनास्थलबाट घाइतेहरुको उद्धार गरिएको छ भने मृतकको शव निकालिएको छ । फाईल तस्बिर

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्