नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्ययो, कोरोनाबाट थप २६ जनाको मृत्यु

काठमाडौं– नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या २ लाख नाघेको छ । गत २४ घण्टामा २५६९ जना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३ सय २९ जना पुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १००८१ जनाको पीसीआर परीक्षण भएको छ ।

काठमाडौं उपत्यकामा मात्रै १२६१ जना संक्रमित भएका छन् । काठमाडौंमा ९७६, भक्तपुरमा ८१ र ललितपुरमा २०४ जना संक्रमित भए ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६६६ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १६२२४३ रहेको छ । नेपालमा निको हुनेको दर ८१.१ प्रतिशत रहेको छ ।

कोरोनाबाट थप २६ जनाको मृत्यु
देशभर पछिल्लो २४ घण्टामा २६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११७४ पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.६ प्रतिशतको ज्यान गएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्