स्नातक तह चौथो बर्षको परीक्षा तालिका सार्वजनिक

काठमाडौं- त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले ४ वर्षे वी.एस्सी, वि.वि.एस. र बि.एड. चौथो वर्षका नियमित तथा आंशिक परीक्षाको तालिक सार्वजनिक गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालयले बल्खुले आउँदो मंसिर २८ गतेदेखि परीक्षा संचालन गर्ने गरी तालिका सार्वजनिक हो ।

२०७७ सालको विज्ञान तथा प्रविधि अध्ययन संस्थान ,व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकायतर्फको ४ वर्षे वी.एस्सी, वि.वि.एस. र बि.एड. चौथो वर्षका नियमित तथा आंशिक परीक्षा मंसीर २८ गतेदेखि पुस १४ गतेसम्म संचालन हुनेछन् ।

परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ ।

४ वर्षे स्नातक तह चौंथो वर्षको परीक्षा दिनुपर्ने तर परीक्षा आवेदन फारम भर्न छुटेका विद्यार्थीहरुले दोब्बर दस्तुरसहित २०७७ मंसिर ८ गते सम्ममा परीक्षा आवेदन फारम भराई क्याम्पसहरुले १० गतेभित्र सम्वन्धित परीक्षा नियन्त्रण कार्यालयमा वुझाइसक्न पनि त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले सूचित गरेको छ ।

परीक्षा कार्यक्रम अनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीहरुका निमित्त पुनः अर्को व्यवस्था नगरिने पनि परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

पायक पर्ने परीक्षा केन्द्र छनौटमा आवेदन दिने परीक्षार्थी बाहेक अन्य परीक्षार्थीहरूले तोकिएको केन्द्रबाटै परीक्षा दिनुपर्ने व्यवस्था गरिएको छ ।

अन्य केन्द्रबाट परीक्षा दिएमा परीक्षा स्वतः रद्द हुने जनाइएको छ ।

कोभिड -१९ को प्रकोपका कारण सार्वजनिक विदाको दिन पनि परीक्षा संचालन हुने त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्