नेपालमा कोरोना भाइरसबाट थप २७५३ जना संक्रमित

काठमाडौं– नेपालमा कोरोना भाइरसबाट थप २७५३ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १०४२३ जनाको पीसीआर परीक्षण गर्दा १०७७ महिला र १६७६ पुरुष गरी २७५३ जना संक्रमित भएका हुन् ।

नेपालमा अहिलेसम्म १५ लाख २७ हजार ७ सय ६६ जनाको पीसीआर परीक्षण हुँदा १ लाख ९१ हजार ६ सय ३६ जनामा पोजिटिभ देखिएको छ ।

नेपालमा गत २४ घण्टामा २ हजार २ सय ६ जना डिस्चार्ज भएसँगै हालसम्म १ लाख ५५ हजार १ सय १४ जना निको भएका छन् । नेपालमा निको हुने दर ८१ प्रतिशत रहेको छ ।

कुल संक्रमितमध्ये ३५ हजार ४ सय ३५ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जम्मा मृत्यु हुने १०८७ जना पुगेका छन् ।

काठमाडौं उपत्यकामा १५१२ जना संक्रमित भएका छन् । काठमाडौंमा १२९४ जना, भक्तपुरमा ७७ र ललितपुरमा १४१ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्