चितवन राष्ट्रिय निकुञ्जमा थप एक गैँडा मृत अवस्थामा फेला

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा आइतबार थप एक गैँडा मरेको छ । निकुञ्जको पश्चिमी सेक्टरको लामिचौर नजिकैको घोलमा भाले गैँडा मृतावस्थामा भेटिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार, अन्दाजी ३० देखि ३५ वर्षको गैँडा बुढो भएर मरेको हो । गैँडाको खाग र खुर सुरक्षित रहेका छन् । निकुञ्जमा यस आर्थिक वर्ष शुरु भए यता प्राकृतिक कारणले योसहित नौवटा गैँडा मरेका छन् ।

तस्करको गोलीबाट एउटा गैँडा मरेको भए पनि खाग र खुर भने सुरक्षित भेटिएको थियो । गत वर्ष प्राकृतिक कारणबाट २६ वटा गैँडा मरेका थिए । प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेपछि निकुञ्जले अध्ययन गर्न समितिसमेत बनाएर काम अघि बढेको छ । रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्