आइतबार थप २ हजार ८ सय २४ जनामा कोरोना पुष्टि, ३ हजार ६२० जना डिस्चार्ज

काठमाडौँ – आइतबार थप २ हजार ८ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा जम्मा २ हजार ८ सय २४ जनामा कोरोना पुष्टि भएको बताए । यस्तै पछिल्लो २४ घण्टामा १७ जनाको निधन भइसकेको छ ।
यस्तै संक्रमितममध्ये १ हजार ६ सय २२ जना काठमाण्डौँ उपत्यकाका रहेका छन् ।
आज १२ हजार ३० जनाको पीसीआर परीक्षण गरिएको थियो ।
आज ३ हजार ६ सय २० जना डिस्चार्ज भएका छन्् भने अहिलेसम्म १ लाख ३४ हजार ८ सय ४२ जना डिस्चार्ज भइसकेको छन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्