बोल्देबासिलाई लायन्स क्लबको खाद्यान्न सहयोग

सुशील सुवेदी, सिन्धुपाल्चोक

बर्षेनी बाढी पहिरोको चपेटामा पर्दै आएको सिन्धुपाल्चोकमा लायन्स क्लब अफ काठमाण्डौ फेलोसिपले शनिबार हेलम्बुका स्थानीयलाई खाद्यान्न राहत वितरण कार्य सम्पन्न गरेको छ । हेलम्बु गाउँपालिका ५ बोल्देका पहिरोको उच्च जोखिममा रहेका ५९ घर परीवारलाई क्लबले चामल, दाल, नुन तेल लगायतका खाद्यान्न तथा कम्बल वितरण गरेको काठमाण्डौ फेलोसिपका सदस्य राजेश हिमालयले जानकारी दिनुभयो । पहिरोको जोखिममा रहेका बोल्देका स्थानीयहरुले खाद्यान्न राहत पाउँदा खुशि ब्यक्त गरेको तर जिवन रक्षाको लागि तत्काल सुरक्षित स्थानमा बस्ती स्थानान्तरणको आशा राखेको समेत बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि हेलम्बु गाउँपालिका ७ का वडा अध्यक्ष खेतनाथ घिमिरेले जनताको जिउधनको रक्षाको लागि स्थानीय सरहकार सदैब चिन्तित रहेको र सोही अनुसार बोल्देका पहिरो पिडीतहरुको लागि सुरक्षित बासस्थानको व्यवस्थापनका लागि खटिरहेको जानकारी दिनुभयो । कार्यक्रममा सोहि वडाका वडाध्यक्ष हर्कबहादुर तामाङ, नेपाली काग्रेसका जिल्ला सदस्य सन्च लामा, महासमिति सदस्य गगां चापागाई तथा लायन्स क्लबमा आबद्ध युवराज गिरी, सुवास बानियाँ, सुरेन्द्र सुनार, किरणदिप खड्का गणेश राना, लगायतका काठमाण्डौ तथा मेलम्चीका फेलोसिप सदस्यहरुको उपस्थिती रहेको थियो । क्लबले पाँचपोखरी थाङपाल गाउँपालिका का बिभिन्न स्थानका २२ जना पहिरो तथा बाढी पिडीतको लागि समेत खाद्यान्न सहयोग को व्यवस्था गरेको हिमालयले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्