दुईजना सवार मोटरसाइकल तिनाउ खोलामा खस्यो

पाल्पा– सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै सडकदेखि दुईजना सवार मोटरसाइकल तिनाउ खोलामा खसेको छ ।

तिनाउ गाउँपालिकाको वडा नं. ३ सिद्धबाबा नजिकैबाट तानसेनदेखि बुटवलतर्फ जाँदै गरेको लु ९ प ७१५६ नं. को मोटरसाइकलमा सवार बगनासकाली गाउँपालिका वडा नं. ४ खानीछापका २९ वर्षीय रुकबहादुर हिस्की र तिनाउ गाउँपालिका ३ का १८ वर्षीय दानबहादुर लम्तरी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । बेलुका करिब साढे सात बजे मोटरसाइकल खोलामा खसेको हुँदा उद्दारमा केही समस्या भएको प्रहरी चौकी दोभानका प्रमुख सोम बहादुर सारुले बताउनुभयो ।

मोटरसाइकल सडकदेखि झन्डै सय मिटर तल खसेको हुँदा र उद्दारका लागि सदरमुकाम तानसेनदेखि सशस्त्र प्रहरी बलको टोली घटनास्थलतर्फ जाँदै गरेको प्रमुख सारुले जानकारी दिनुभयो । भिर र रातिको समय भएका कारण घाइतेको अवस्थाबारे जानकारी नभएको प्रहरीले जनाएको छ । यद्यपि दुवैजना जीवितै रहेको प्रहरीको भनाइ छ ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ । नेपाल टेलिभिजन

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्