शुक्रबार थप ३ हजार ५ सय १७ जनामा कोरोना पुष्टि, १६ को मृत्यु

काठमाडौँ – शुक्रबार थप ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा जम्मा ३ हजार ५ सय १७ जनामा कोरोना पुष्टि भएको बताए । यस्तै पछिल्लो २४ घण्टामा १६ जनाको निधन भइसकेको छ ।
यस्तै संक्रमितममध्ये १ हजार ८ सय ८८ जना काठमाण्डौँ उपत्यकाका रहेका छन् ।
आज १४ हजार ९ सय ८९ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
आज ४ हजार ९६ जना डिस्चार्ज भएका छन्् भने अहिलेसम्म १ लाख २८ हजार ९ सय ९८ जना डिस्चार्ज भइसकेको छन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्