आईपीएल : चेन्नई सुपर किंग्स विजयी, आज राजस्थान र पञ्जाबबीच खेल हुने

काठमाडौँ – गएराति भएको आईपीएल खेलमा चेन्नई सुपर किंग्स विजयी भएको छ । चेन्नईले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको हो । यो सिजनमा चेन्नईको यो पाँचौ जीत हो । हारसँगै प्लेअफमा पुग्न कोलाकाताका लागि कठिन बनेको छ । प्लेअफमा पुग्नका लागि अब कोलकाताले आगामी खेल जित्नुपर्ने हुन्छ भने अन्य टीमको नतिजामा भर पर्नुपर्ने हुन्छ ।

चेन्नईलाई जीतका लागि १२ बल ३० रन आवश्यक रहेको बेला रवीन्द्र जडेजाले ११ बलमा नटआउट ३१ रन बनाउँदै टोलीलाई जीत दिलाए । उनले अन्तिम दुई बलमा दुई छक्का लगाउँदै कोलकाताबाट जीत हत्याउन सफल भए । कोलकाताका लागि वरुण चक्रवर्ती र प्याट कमिन्सले २–२ विकेट लिए ।

टस हारेर ब्याटिङ गर्दै कोलकाताले चेन्नईसामु १७३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । कोलकाताका लागि नितिष रानाले सर्वाधिक ८७ रनको योगदान दिए । उनले यसक्रममा ४ छक्का र १० चौकाको योगदान दिएका थिए । शुभमन गीलले २६ तथा दिने कार्तिकले २१ रन बनाए ।

जवाफी ब्याटिङमा उत्रेको चेन्नईका लागि ओपनर रुतुराजले सर्वाधिक ७२ रन बनाए । त्यस्तै, अम्बती रायडुले ३८ रनको योगदान दिए ।

आज राजस्थान र पञ्जाबबीच खेल हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्