मंगलबार थप ५ सय ७० जनामा कोरोना पुष्टि, १४ को मृत्यु, ३१६८ डिस्चार्ज

काठमाडौँ – मंगलबार थप ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा जम्मा ५ सय ७० जनामा कोरोना पुष्टि भएको बताए ।
आज २ हजार ७ सय २५ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
आज ३ हजार १ सय ६८ जना डिस्चार्ज भएका छन्् भने अहिलेसम्म १ लाख १८ हजार ८ सय ४३ जना डिस्चार्ज भइसकेको छन । अझै ४० हजार ६ सय ८१ जनामा कोरोना सक्रिय रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु समेत भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्