प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति भण्डारीको हातबाट टिका ग्रहण

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट विजयादशमीको टीका ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवास पुगेर प्रधानमन्त्री ओली र पत्‍नी राधिका शाक्यले राष्ट्रपतिको हातबाट टीका र जमरा ग्रहण गर्नुभएको हो ।

कोरोना भाइरस संक्रमण जोखिमका कारण यस वर्ष राष्ट्रपति र प्रधानमन्त्रीले सामूहिक टीकाको कार्यक्रम भने रद्द गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्