आईपीएल क्रिकेटमा  १२७ रनको मध्यम लक्ष्य पछ्याएको हैदराबाद पञ्जाबसँग १२ रनले पराजित

काठमाण्डौ – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शनिबार राति भएको खेलमा किङ्ग्स एलाभेन पञ्जाबले सनराइजर्स हैदराबादमाथि १२ रनको जित निकालेको छ ।

पञ्जाबले दिएको एक सय २७ रनको मध्यम लक्ष्य पछ्याउने क्रममा हैदराबाद १९ दशमलव ५ बलमा एक सय १४ रन बनाउँदै अलआउट भएको हो ।

हैदराबादका लागि कप्तान डेभिड वार्नरले २० बलमा ३५ रन बनाए पनि अरु ब्याट्सम्यानले योगदान गर्न सकेनन् ।

हैदराबादलाई कम योगफलमै रोक्न क्रिस जोर्डन र अर्शदीप सिंहले समान तीनरतीन विकेट लिए । त्यस्तै मोहम्मद शामी, मुरुगन अश्विन र रबि बिश्नोईले समान एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय २६ रनको मध्यम योगफल बनाएको थियो । पञ्जाबका लागि निकोलस पूरनले ३२, कप्तान तथा विकेटकीपर केएल राहुलले २७ रन बनाए ।

बलिङतर्फ हैदराबादका लागि सन्दीप शर्मा, जेसन होल्डर र राशिद खानले समान दुईरदुई विकेट लिए ।

जितसँगै पञ्जाब दश अङ्कसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । हैदराबाद भने आठ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ । अब हैदराबादको प्लेअफ यात्रा कठिन बनेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्