शनिवार थप २ हजार २२५ जनामा कोरोना पुष्टि, १३ को मृत्यु, २८४६ डिस्चार्ज

FILE PHOTO

काठमाडाैँ –  शनिवार थप २ हजार २ सय २५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २ सय २५ जनामा कोरोना पुष्टि भएको हो । पुष्टि हुनेमा १४४६ पुरुष र ७७९ महिला रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा १३ जनाको निधन समेत भएको छ ।
यस्तै शनिवार २ हजार ८ सय ४६ जना डिस्चार्ज भएका छन् । आज १३ हजार ८ सय ४६ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्