रुसले आगामी आठ दिनभित्र कोरोनाविरुद्धको भ्याक्सिनका ३ लाख डोज उत्पादन गर्ने

रुसले आगामी आठ दिनभित्र कोरोना भाइरसविरुद्धको भ्याक्सिनका झन्डै ३ लाख डोज उत्पादन गर्ने भएको छ । रुसी उद्योगमन्त्री डेनिस मन्टुरोभले रोसिया २४ टिभी न्युज च्यानलसँगको कुराकानीमा यस्तो खुलासा गरेका हुन् ।

अक्टुबर महिनाको अन्त्यसम्म झन्डै ३ लाख डोज भ्याक्सिन निर्माण गर्ने हाम्रो योजना छ,’ उनले भने । रुसले नोभेम्बरसम्म भ्याक्सिनको उत्पादन बढाएर ८ लाख डोज पु(याउने र आगामी मार्चको अन्त्यसम्म १ करोड ५० लाख डोज उत्पादन गर्ने दाबी यसअघि उनले गरेका थिए ।

गामालिया नेशनल रिसर्च इन्स्टिच्युट अफ इपिडेमीलोजी एन्ड माइक्रोबायोलोजीले विकास गरेको स्पुतनिक पाँचौ भ्याक्सिनलाई ११ अगस्टमा रुसी स्वास्थ मन्त्रालयले मान्यता दिएको थियो । स्पुतनिक पाँचौ सरकारी निकायबाट स्वीकृत कोरोनाविरुद्धको पहिलो भ्याक्सिन हो । यस भ्याक्सिनको विकासमा रुसी डाइरेक्ट इन्भेस्टमेन्ट फन्डले लगानी गरेको थियो । यसअघि फन्डका प्रमुख कार्यकारी अधिकृत किरिल डेमीट्रिभले रुसलाई २० भन्दा धेरै देशबाट भ्याक्सिनको १ अर्बभन्दा धेरै डोजका लागि प्रस्ताव आएको जनाएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्