भारतीय पक्षले एकपक्षीय रुपमा वीरगन्ज नाका खोलेपछि सिमा क्षेत्रमा तनाव

पर्सा- भारतीय पक्षले एकपक्षीय रुपमा वीरगन्ज नाका खोलेपछि सिमा क्षेत्रमा तनाव उत्पन्न भएको छ ।

नेपाल भारत सिमानामा रहेको रक्सौल भन्सारले नाका खुल्ला गरेपछि भारतबाट नेपालतर्फ आउनेलाई नेपाली सुरक्षाकर्मीले रोक्दा सिमाक्षेत्रमा तनाव सिर्जना भएको हो ।

कोरोना संक्रमणका कारण चैत्र ११ गतेदेखि विना अनुमति सर्वसाधारलाई नेपाल भित्रन रोक लगाइएको थियो।

आज विहानदेखि भारतीय पक्षले एकपक्षीरुपमा नाका खोलेपछि भारतबाट नेपाल भित्रन ठुलो संख्यामा सर्वसाधारण सिमा क्षेत्रमा जम्मा भएका छन् ।

टाङ्गा, टेम्पु, मोटरसाइकल जिप लगायतका निजी सवारी साधनमा सयौं व्यक्ति वीरगञ्जको मितेरी पुलमा जम्मा भएपछि उनीहरुलाई रोक्न नेपाली सुरक्षाकर्मीलाई हम्मे हम्मे परेको छ ।

रक्सौलबाट आउने भारतीयलाई सिमाक्षेत्रमा नेपाली सुरक्षाकर्मीले रोक्न खोज्दा तनावको अवस्था सिर्जना भएको हो ।

यसै विषयमा पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कार्तिक ३० गतेसम्म वीरगन्ज नाका बन्द राखिने नेपाल सरकारको निर्माण भएपनि भारतीय पक्षले एकपक्षीय रुपमा नाका खोलेको जानकारी दिनुभयो ।

उहाँले भारतबाट आउनेलाई सिमाक्षेत्रमा नै रोक्न सुरक्षमकर्मीहरुलाई निर्देशन दिइएको र जबरजस्ती छिर्न खोजे कानून बमोजिम कार्वाही हुने पनि बताउनुभएको छ । नेपाल टेलिभिजन

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्