मंगलबार ३ हजार ९३ जनामा कोरोना पुष्टि, २१०८ जना डिस्चार्ज, उपत्यकामा १७०२ जनामा पुष्टि

काठमाडौँ – मंगलबार थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा जम्मा ३ हजार ९३ जनामा कोरोना पुष्टि भएको बताए ।
यस्तै उपत्यकामा १ हजार ७ सय २ जनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौँका १ हजार ४ सय ३१ जना, भक्तपुरमा १४८ जना र ललितपुरमा १२३ जना रहेका छन् । आज १३ हजार ७ सय ७५ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
आज २ हजार १ सय ८ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म ९६ हजार ६ सय ९ जना डिस्चार्ज भइसकेको छन । अझै ४१ हजार ७ सय ७५ जनामा कोरोना सक्रिय रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्