कोरोनाका कारण दार्चुलामा पहिलो पटक एक पुरुषको मृत्यु

सांकेतिक तस्बिर

गणेश सिंह धामी

दार्चुला – कोरोनाबाट दार्चुलामा पहिलो पटक एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुहुँ गाउँपालिका वडा नम्बर २ हिकिलाका ५३ वर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । ३÷४ दिन पहिले ज्वरो आएर धनगढी गएका उनको उपचारका क्रममा धनगढी स्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको हो ।

ज्वरो संगै स्वास प्रसासमा समस्या देखिए पछि उनि उपचारका लागि धनगढी गएका थिए । उनको मृत्यु पश्चात गरिएको कोरोना परिक्षणमा रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । मृतक पुरुषको घरपरिवार तथा टोल छिमेक शिल गरी सम्पर्क पहिचान तथा स्वाव संकलनको तयारी भइरहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्