कोरोनाबाट मोरङमा अस्पताल संचालकसहित ४ जनाको मृत्यु

सांकेतिक तस्बिर

विराटनगर – मोरङमा कोरोना संक्रमणका कारण आइतबार राति र सोमबार बिहान चार जनाको मृत्यु भएको छ ।

पथरीमा सञ्चालित मोरङ हस्पिटल प्रालिका सञ्चालकसहित चार जनाको मृत्यु भएको हो ।

अस्पतालका संचालकलाई पिसिआर परीक्षण गराउँदा असोज २२ गते रिपोर्ट पोजेटिभ आएको थियो ।उनको न्युरो अस्पतालमा उपचार भइरहेको थियो ।

पथरी शनिश्चरे नगरपालिका–१ का ५३ वर्षीय उनको बिहान ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । रिपोर्ट आउनुभन्दा पहिले नै उनलाई श्वासप्रश्वासमा समस्या भएको थियो । उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो । मिर्गौला पीडित उनी नियमित डाइलासिस गराउँदै आएका बिरामी थिए ।

यस्तै, ग्रामथान गाउँपालिका–४ का ६६ वर्षीय वृद्ध पुरूषको नोबेल शिक्षण अस्पतालमा सोमबार बिहान मृत्यु भएको छ । कोभिड अस्पतालको आइसोलेसनमा बिहान ९ बजेतिर उनको वृद्धको मृत्यु भएको हो ।

उनलाई निमोनियाको समस्या थियो । उनको असोज २९ गते रिपोर्ट पोजेटिभ आएको थियो । नोबेलमै ६६ वर्षीय वृद्ध पुरूषको आइतबार राति ११ बजेतिर मृत्यु भएको छ । उनको असोज २७ गते रिपोर्ट पोजेटिभ आएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आइतबार नोबेल भर्ना गरिएको थियो ।

यसैगरी, कोसी अञ्चल अस्पताल कोभिड–१९ उपचार केन्द्रमा संक्रमित एक महिलाको मृत्यु भएको छ । विराटनगर–२ की ६० वर्षीया महिलाको सोमबार बिहान ४ बजे मृत्यु भएको हो । असोज १९ गते कोरोना पुष्टि भएपछि उनी कोभिड अस्पताल भर्ना भएकी थिइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्