काँग्रेसका सबै सांसदहरुले दशैँ भत्ता फिर्ता गर्ने

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्ना सांसदले पाएको दसैं भत्ता फिर्ता गर्ने भएको छ । पार्टीका शीर्ष नेताको टेलिफोन संवादपछि सांसदहरु दसैं भत्ता फिर्ता गर्ने निष्कर्षमा पुगेको काँग्रेसले जनाएको छ ।

त्यसका लागि संसदीय दलले केही समयमै दसैं भत्ता फिर्ता गर्ने औपचारिक निर्णयसहितको विज्ञप्ति निकाल्ने बताए । संसदीय दलका नेतासमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले सांसदको दसैंभत्ता फिर्ताका लागि निर्देशन दिएको छ ।

दसैंभत्ता फिर्ताका लागि संघीय संसद् सचिवालयलाई पत्र पठाउने तयारी भइरहेको काँग्रेसले जनाएको छ । दसैं भत्ताको चौतर्फी विरोध भएपछि संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण, सांसदहरु प्रकाशमान सिंह र गगन थापाले दसैंभत्ता फिर्ताको घोषणा गरेका थिए ।

संसदीय दलले निर्णय गरेर सबैको भत्ता फिर्ता गर्नपर्ने सांसदहरुबाट नै आवाज उठेपछि संसदीय दलले संस्थागत निर्णय गर्न लागेको हो । मन्त्रिपरिषद्ले २०७६ भदौ ३१ मा मन्त्रीदेखि सांसदसम्मलाई एक महिनाको पारिश्रमिक बराबरको चाडपर्व खर्च उपलब्ध गराउने निर्णय गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्