आइतबार २ हजार ९ सय ४२ जनामा कोरोना पुष्टि, उपत्यकामा १६९८ जना संक्रमित

काठमाडौँ – आइतबार थप २ हजार ९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा जम्मा २ हजार ९ सय ४२ जनामा कोरोना पुष्टि भएको बताए ।
यस्तै उपत्यकामा १ हजार ६ सय ९८ जनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौँका १ हजार ४ सय ६९ जना, भक्तपुरमा ९९ जना र ललितपुरमा १३० जना रहेका छन् । आज १४ हजार ८ सय ७५ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
आज २ हजार ३ सय २६ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म ९२ हजार १ सय ६६ जना डिस्चार्ज भइसकेको छन । अझै ३९ हजार ३ सय ४१ जनामा कोरोना सक्रिय रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्