टीका लगाउँदा भौतिक दूरी कायम गर्न आग्रह

काठमाडौँ – कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले दशैँमा टीका लगाउँदा भौतिक दूरी कायम गर्न आग्रह गरेको छ ।

रुघाखोकी लागेकाले अभिभावकबाट टाढा रहेर आशीर्वाद लिएर सम्भावित जोखिमबाट बच्न र बचाउने केन्द्रले सबै नागरिकलाई अनुरोध गरेको छ ।

ज्येष्ठ नागरिकमा रोग प्रतिरोधात्मक शक्ति कम हुने हुँदा बडादशैँमा टीका थापेर आशीर्वाद ग्रहण गर्दा विशेष ध्यान पु¥याउन जरुरी रहेको भन्दै टीका आदानप्रदान गर्दा, खाना बनाउँदा आफू र ज्येष्ठ नागरिकलाई पनि हात धुन लगाउन केन्द्रले अनुरोध गरेका केन्द्रका अधिकृत दिलीपकुमार महर्जनले जानकारी दिए ।

साथै केन्द्रले यस वर्षको दशैँमा बसोबास रहेकै ठाउँमा घरपरिवारबीच मात्र मनाउन अनुरोध गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्