झुप्रो घरको दशैँले दर्शकको मन जित्दै

विशाल आचार्य

गत साता मात्र प्रदर्शनमा आएको झुप्रो घरको नामक दशै गितले बजार तताइरहेको छ । गाउँघर तिर उकाली ओराली मेलापात ,घाँस दाउरा गर्दा हरेकले यो गित गुन्गुनाइरहेका हुन्छन । बालक होस या वृद्ध युवा होस या युवती किशोर होस या किशोरी हरेकको आवाजले यो गित खोजिरहन्छ । आदर्शवादी जागरणशिल व्यत्तित्व सुर्यमणी आचार्यको लय र स्वरमा रहेको यो गित सुन्दा आखा नरसाउने को न होला र ?

मन नपग्लने को न होला र ? भिडियो हेर्दै कठै नभन्ने को न होला र??? सत्य यथार्थतालाइ चित्रण गरिएको गित निकै उचाईमा रहेको छ । गरिबका भित्री मर्मान्तक मर्मस्पर्शी भावना र वेदनाको आवाजलाइ वुलुन्द पार्दै उनि लोकप्रीय सब्बल गायकको रुपमा स्थापित भैसकेका छन । आचार्यको जन्म सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका ५ थुम्कामा भएको थियो बाल्यकाल इन्द्रावतीमै बिताएका उनले दर्जनौ गित बजारमा ल्याइसकेका छन रत्न पारक घुम्न जाउन यार , डाडैमा हावा सरर, पानी खानि ए है काली आदि गितले दर्शक स्रोताको मन जितिसकेका छन ।

वर्तमान परिवेशमा सन्देशनात्मक भन्दा पनि उत्तेजनात्मक गितले प्रत्यक्ष प्रभाब पारिरहेको छ । तर पनि उनको गितले भने कुनै उच्छृङ्खलता नभई सन्देशनात्मक तरिकाले निरन्तर धारा प्रवाह गरिरहेको छ । गरिबका वेदनाको आवजलाइ उचाईमा लगि बुलन्द पार्ने गायक आचार्य गरिब,शोषित, बर्गको खबरदारीताको महागायक नै हुन भन्दा फरक नपर्ला ! उनी गिती माध्यमबाट लोकलाइ मनोरञ्जनात्मक सहित सन्देशमुलुक ज्ञान सिकाएमा मात्र समाज सभ्य र गित सुयोग्य ठहरिन्छ भन्ने कुरामा विस्वस्त छन । नागबेली मिडियाले तयार पारेको सुर्यमणी आचार्य र सुन्तली खड्काको स्वरमा रहेको झुप्रो घरको नामक दशै गित निकै मर्मभेदी छ ।

खबरदारिताको महागायक सहित सन्देशनात्मक गितले गति पाओस् चौतर्फी उन्नति कामना सहित सम्पुर्ण टिमलाई बधाई ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्