खानेपानी मन्त्री बिना मगरलाई खुला पत्र, कहिलेसम्म धमिलो पानी पिउने ?

आदरणीय मन्त्री दिदी नमस्कार म हजुरको भाइ सुदूरपश्चिम प्रदेश कंचनपुर जिल्ला बेलौरी नगरपालिका तथा हजुरको निर्वाचन क्षेत्रको एक समाजसेवी तथा स्थानीय युवा हुँ ।
दिदी सन्चै हुनुहुन्छ ? दिदी आज हजुरको माइती गाउँ हजुरलाई चेली कता गैन माइत तिर न आको धेरै भयो भनी कुरा गर्दै छन ती बुढा बा आमा दाजु भाइ दिदी बहिनी पल्ला घर का बाले हजुर खानेपानी मन्त्री हुदा निकै खुशी हुनु भयको थियो त्यही आज पथरीको बिमारी हुनु भएको छ । काकालाई पनि जन्डिस भयर बल्ल सन्चो हुनु भको छ । दिदी बेलुका भाडोमा छोपेर राखेको पानी बिहान खाउ भन्दा भैंसीले खेल्ने खालको पानी जस्तो भयको हुन्छ । नजिकै आए दशैं तिहारमा लगाउन लाई पुराना कपडा धन खोज्दा झन कपडा नै पहेलो हुन्छन् दिदि झन प्रतेक घर बाट पत्थरीको बिरामी तथा कसैलाई त झन ठुला रोग देखा परेका छन दिदी ।
आज बुढा हजुर बुवाले भन्दै थे छोरीले माया मारीन् जस्तो छ भनेर म के जबाफ दिउ दिदी ? सानाभाइ बहिनीले बिना दिदीले कहिले हामी लाई धारा खोल्ना साथ धाराबाट झर्ने शुद्ध पानी दिनु हुन्छ भनेर सोध्छन् दिदि ? हुने खानेले यस्तो पानी खादा मरिन्छ है ! अब फिल्टर राख्नु पर्यो भन्दा हुदा खाने त्यो भाइले सुन्दा उस्को मन कस्तो भयो होला दिदी ।
हाम्री बहिनी पनि खानेपानी मन्त्री छिन है भनी धाक लगाउने हाम्रा बा लाई तेसै ले त धारा खोल्ना साथ शुद्ध पानी खादै छौ है ? भनी जबाफ दिने तेस्रो मान्छे लाई हाम्रा बा ले के जबाफ दिने दिदी हजुर । यस्ता धेरै शुद्ध खानेपानीका समस्या छन दिदी हजुरका माईती घर तिर अब नजिकै आई रहेको दसैं, तिहार, छठ पर्वमा माइती गाउँ तिर आउनु हुने छ भन्ने आशा गरेर बाटो हेरेर बसी रहने छु दिदी ।
हजुर को माईती गाउँको भाइ हिक्मत साउद

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्