कर्णाली प्रदेशका मुख्यमन्त्री शाही र नेपाल समुहबीच सहमति, मन्त्रिपरिषद् पुनर्गठन हुने

काठमाडौं – कर्णाली प्रदेशका मुख्यमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट माधवकुमार नेपाल समूह पछाडि हटेको छ ।

स्रोतका अनुसार मंगलबार मुख्यमन्त्री शाही र नेपाल पक्षका नेताहरुबीच भएको छलफलमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने गरी सहमति जुटेको छ । त्यसअनुसार नेपाल पक्षले थप तीन मन्त्री र संसदीय दलको सचेतक पद पाउने भएको छ ।

यससँगै अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका नेपाल समूहका ७ सांसद प्रमुख सचेतक गुलाबजंग शाहले मंगलबार बोलाएको संसदीय दलको बैठक नजाने भएका छन् ।

मुख्यमन्त्री शाहीविरुद्ध नेकपाका ३३ मध्‍ये १८ जना सांसदले संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्