गाउँपालिकाको केन्द्र जोड्ने पक्की सडकको शिलान्याश

काभ्रे – सडककै कारण वर्षायाम सुरु भएसँगै ३–४ महिनाको लागि खाद्यान्न जोहो गर्नुपर्ने काभ्रेको विकट डाँडापारि क्षेत्रको महाभारत गाउँपालिका केन्द्र जोड्ने पक्कि मोटरबाटो निर्माण हुने भएको छ ।

मुख्यमन्त्री ग्रामीण सडक कार्यक्रमअन्तर्गत प्रदेश सरकारको सहयोगमा जिल्ला सदरमुकामसंग जोड्ने पक्कि सडक (कालोपत्रे) मोटरबाटोको निर्माण हुने भएको हो ।

बागमती प्रदेश सरकारको ४९ करोड बजेटबाट विनियोजन भएपछि पक्कि सडक निर्माणको कार्य शुरु हुन लागेको उक्त सडक पहिलो खण्ड महाभारत गाउँपालिकाको केन्द्र देवीटार जोड्ने वडा नं. ५ को खोलाघारी–घ्याब्रिङ–देवीटार ८.७ किलोमिटर बाटोको शिलान्यास बागमती प्रदेशका भौतिक तथा पूर्वाधार विकासमन्त्री रामेश्वर फुयालले गर्नुभयो ।

कार्यक्रममा हरेक गाउँपालिकाको केन्द्रलाई नजिकको राजमार्गसँग कालोपत्र सडकले जोड्ने कार्यक्रमअन्तर्गत सडक सञ्जालले नछोएका क्षेत्रलाई सडकले जोड्ने सडक पुगेका ठाउँका सडक स्तरोन्नति गर्ने र गाउँपालिकाको केन्द्रबाट नजिकको राजमार्गसम्म पक्की सडक बनाउने प्रदेश सरकारको योजना रहेको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्