डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै, सरकार मौन, सर्वत्र आलोचना

File Photo

काठमाडौँ – २४ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ ।

केसीको उपचारमा संलग्न रहेका चिकित्सकहरूले बुधबार बिहान डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल बनेको बताएका छन् । रक्तचाप घटेर ७० ५० पुगेको चिकित्सकहरूको भनाइ छ ।

यस्तै केसीको शरीरमा थकान, रिंगाटा लाग्ने, मुटुको धड्कन अनियमित, मांसपेशी दुखाइको समस्या रहेको चिकित्सकहरूले बताएका छन् ।

डाक्टर केसीको शरीरमा अक्सिजनको मात्रा पनि घट्दो छ । उनलाई बेलाबेला अक्सिजन दिइएको छ । केसीको उपचारमा रहेका चिकित्सकहरू डाक्टर केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि आन्तरिक परामर्शमा छन् ।

डाक्टर सुभाष आचार्य नेतृत्वको चिकित्सक टिमले केसीको स्वास्थ्य अवस्थाबारे परीक्षण गरिरहेका छन् । यसअघि अनसन बसेका बेला डाक्टर केसीलाई इलेक्ट्रोलाइटस् दिने गरिएको भए पनि यसपटक उनले त्यसलाई अस्वीकार गरेका छन् । उनलाई नर्मल स्लाइन पानी दिइएको छ । डाक्टर आचार्य नेतृत्वको टिमले केसीलाई आइसियूमा राख्न सुझाव दिए पनि उनले अस्वीकार गर्दै आएका छन् । यता सरकारले डा. केसीलाई अनसन तोड्न आग्रह गरेको छ । केसीले माग पुरा नभई अनसन नतोड्ने बताएका छन् । २४ दिन सम्म पनि सरकारले अनसनरत डा.केसीका मागहरु सम्बोधन गर्न नसकेको भन्दै सरकारको सर्वत्र आलोचना भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्