बेदकोटमा भुमिहिनका लागि घर निर्माण हुँदै

कञ्चनपुर – कञ्चनपुरको बेदकोट नगरपालिकाले भूमिहिनका लागि घर निर्माण गर्दैछ । नगरपालिकाले वडा नं. ५ धरमपुरमा भूमिहिनका लागि पाँच घर निर्माण गर्न लागेको हो ।

नमूना बस्ती अन्तर्गत भूमिहिन शिविरमा पाँच घर निर्माण हुन लागेका हुन् । बेदकोट नगरपालिकाको लगानीमा भूमिहिन बस्तीमा घरहरु निर्माण हुन लागेका हुन् । मंगलबार एक कार्यक्रमका बीच नगरप्रमुख अशोक कुमार चन्दले घरको शिलान्यास गरे ।
भूमिहिनका लागि दुई कोठा, एउटा बरण्डा भएको पाँच घर र प्रत्येक घरमा एकरएक शौचालय निर्माण गरिने नगर प्रमुख चन्दले बताए ।

२९ लाख १३ हजारमा घर निर्माणको ठेक्का बुढी घटाल निर्माण सेवाले पाएको छ । तीन महिनाभित्र घर निर्माण सम्पन्न हुने नगरपालिकाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्