तीन महिनासम्म अवरुद्ध भएको मार्तडी–कोल्टी सडकखण्ड भोलीबाट सुचारु हुने

देबराज पाध्याय, बाजुरा
करिव तीन महिनासम्म अवरुद्ध भएको मार्तडी–कोल्टी सडक भोलीबाट सञ्चालनमा आउने भएको छ । वर्षादको समयमा अवरुद्ध बनेको मार्तडी–कोल्टी सडक भोलीबाट सञ्चालनमा आउने भएको हो ।
असारको पहिलो सातमामा अवरुद्ध भएको मार्तडी–कोल्टी सकड मर्मत कार्य अन्तीम चरणमा पुर्याएसंगै भोलीबाट सडक सुचारु हुने बडीमालिका नगरपालिका–७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन् । मार्तडी–कोल्टी सडक अन्तरगत कोल्टीदेखि बडिमालिका नगरपालिका–७ ढम्कनेसम्म एक साता पहिले नै सुचारु भैसकेको र भोलीबाट ढम्कनेदेखि सदरमुकाम मार्तडीसम्म शुचारु हुने वडा अध्यक्ष पाध्यायले बताए ।
करिव तीन महिनासम्म अवरुद्ध भएको मार्तडी–कोल्टी सडक भोलीबाट शुचारु हुने भएपछि स्थानीय खुशी भएका छन् । अवरुद्ध सडकमा आवत जावत गर्न कठिन हुँदै आएको थियो । अब सडक शुचारु हुने भएपछि यात्रा गर्न सहज हुने स्थानीयले बताएका छन् ।
जिल्लाको पुर्वीउत्तरी क्षेत्रका जनतालाई सकड अवरुद्ध भएपछि आवत–जावत संगै दैनिक उपभोग्य समाग्रीको संकट समेत हुँदै आएको थियो । सडक सुचारु भएपछि दैनिक उपभोग्य सामाग्रीको समेत कम संकट हुने जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
भोलीदेखि पूर्णरुपमा मार्तडी–कोल्टी सडक शुचारु हुने जिल्ला प्रशासन कार्यालय बाजुराले बताएको छ । कोल्टीदेखि बडीमालिका नगरपालिका–७ ढम्कनेसम्म बुढीनन्दा नगरपालिकाले सडक मर्मत गरेको र ढम्कनेदेखि मार्तडीसम्म ठेकेदार कम्पनीले सडक मर्मत गरेसंगै सडक शुचारु हुने भएको हो । सडक सञ्चालनमा आएपछि आवत जावत गर्न सहज हुने भएको छ ।
वर्षायाममा बाढी पहिरोका कारण क्षतिग्रस्त हुन पुगेका जिल्लाका ग्रामीण सकडहरु मर्मत सम्भार शुचारु गरिएको छ । जिल्लाका ग्रामीण सडक दशै अघिनै संचालन गर्न मर्मत समभार गर्न थालिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्