‘तुरुन्त वार्ता गर, समाधान खोज, डा. केसी बाँच्नुपर्छ ।’ – पूर्व प्रधानमन्त्री डा. भट्टराई

FILE PHOTO

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीसँग तत्काल वार्ता गर्न सरकारलाई आग्रह गरेका छन् ।

मंगलबार सामाजिक सञ्जाल ट्वीटरमार्फत डा. भट्टराईले केसीको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा पुग्दा पनि सरकारले वार्ताको पहलसमेत नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

डा. भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘२३ दिनदेखि अनसनरत डा. केसीको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा पुग्दा पनि लोकतान्त्रिक देशको राज्यले वार्ताको पहलसम्म नगरी बस्न मिल्छ ? यो क्रिमिनल नेग्लिजेन्स हैन ?’

डा. भट्टराई थप लेख्छन्, ‘तुरुन्त वार्ता गर, समाधान खोज । डा. केसी बाँच्नुपर्छ ।’ नेपाली उखान ‘मूर्खदेखि दैव डरा’ उल्लेख गर्दै भट्टराईले भनेका छन्, ‘कुर्सीमा बस्ने मूर्ख झन् डरलाग्दो हुन्छ । सबै चेतौं !’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्