दार्चुलामा नेपाली सेनाले निर्माण गरेको घोरेटो बाटोको मुख्यमन्त्री भट्टद्वारा उद्घाटन

गणेशसिँह धामी, दार्चुला
दार्चुलाको ब्यास गाउँपालिकाको घाटीबगर क्षेत्रमा नेपाली सेनाले निर्माण गरेको घोरेटो बाटोको सोमबार उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सोमबार एक कार्यक्रमका विच उद्घाटन गर्नु भएको छ ।
नेपाली सेनाको हेलिकप्टर मार्फत ब्याँस क्षेत्र पुग्नु भएका मुख्यमन्त्रि भट्टले नेपाली सेनाले निर्माण गरेको ५ सय मिटर घोरेटो बाटोको उद्घाटन गरेको नेपाली सेनाको दुर्गादल गुल्म दार्चुलाका गुल्मपति विक्रमदेव थापाले उपहार खबर लाई जानकारी दिए ।

ब्याँस गाउँपालिकाको वडा नम्बर १ सम्म जान नेपाली भुमिमा बाटो नभएपछि नेपाली सेनाको टोलीले घोरेटो बाटो निर्माण गरेको हो । नेपाली भुमीमा बाटो नहुँदा यसअघि गाउँपालिकाको वडा नम्बर १ को तिंंकर र छागँरुका स्थानिय भारतको बाटो हुँदै सो क्षेत्र जाने गर्दथे ।
गाउँपालिकाको घाटीबगर क्षेत्रको ५ सय मिटर घोरेटो बाटोको नेपाली सेनाले निर्माण गरेको हो । उक्तबाटोको उद्घाटन संगै  नेेेेेेपाली सेेेेनाले सुदूरपश्चिम सरकारलाई हस्तान्त्रण समेत गरिएको छ ।

कडा चट्टानी भु–भागलाइ फोडेर नेपाली सेनाले बाटो निर्माण गरेसँगै आवतजावतमा सहज हुने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्