आइतबार थप २ हजार २ सय ५३ जनामा कोरोना पुष्टि, उपत्यकामा १ हजार ५९९

काठमाडौँ – नेपालमा आइतबार थप २ हजार २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा जम्मा २ हजार २ सय ५३ जनामा कोरोना पुष्टि भएको बताए ।
यस्तै उपत्यकामा १ हजार ५ सय ९९ जनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौँका १ हजार ३ सय ७३ जना, भक्तपुरमा ३९ जना र ललितपुरमा १ सय ८७ जना रहेका छन् । अझै २२ हजार २ सय १९ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्