दार्चुलामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

दार्चुला –  दार्चुलामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिबार बैतडी प्रयोगशाला गरिएको परिक्षणमा दार्चुलाका १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

स्वास्थ्य कार्यालय दार्चुलाका सुचना अधिकारी खगेन्द्र कार्कीका अनुसार महाकाली नगरपालिका ३ जना महिला र ११ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

त्यस्तै लेकमको ३० वर्षका पुरुषमा समेत कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । दार्चुलामा हाल सम्म ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्