रानिपोखरीमा २८ तोला सुनको गजुर

काठमाडौं – रानीपोखरीको बीच भागमा पुनर्निर्मित बालगोपालेश्वर मन्दिरमा विहीवार पूजाआजा गरि गजुर राखिएको छ ।

रानीपोखरीको बीच भागमा अवस्थित ऐतिहासिक बालगोपालेश्वर मन्दिर २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको थियो । विज्ञ समूहको प्रतिवेदनअनुसार रानीपोखरीको बालगोपालेश्वर मन्दिर प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमै पुनर्निर्माण गरिएको छ ।
भूकम्पले क्षति बनाएको रानीपोखरीको करिब ९७ प्रतिशत काम सम्पन्न भइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

बालगोपालेश्वर मन्दिरमा राखिने गजुर २८ तोला सुनबाट बनेको र त्यसको तौल १२३ किलोको रहेको छ ।
रानिपोखरीको काम लगभग सबै सम्पन्न भएको छ । हाल रानीपोखरी ३ करोड २२ लाख लिटर पानीले भरिएको छ ।
मन्दिरको थप सुरक्षाका लागि मन्दिर वरपर सिसिटिभी क्यामेरा जडान गर्नुका साथै गार्ड परिचालन गर्ने योजना भएको पनि प्राधिकरणले जनाएको छ । गजुर स्थापनापछि रानीपोखरी पूर्णरुपमा सम्पन्न हुने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्